धादिङ २९ आषाढ
सवारी दुर्घटनामा परी अपाङ्गता भएकी धादिङकी कौशिला नेपालीलाई सहयोगी मनहरुले सोमबार आर्थिक तथा खाद्यान्न सामग्री सहयोग गरेका छन् । लायन्स क्लब अफ नेपाल हाईलाइटले कोरोना महामारी भोकमरी बिरुद्धको हाम्रो अभियान” कार्यक्रममा भेटीएकी धादिङकी कौशिला नेपालीलाई सहयोगी मनहरुद्धारा सङ्कलित नगद रु. १३ हजार सहयोग गरेको हो । लायन मेम्बर दिपेन्द्र धरेलबाट रू ५ हजार, दिलिप अर्यालबाट रू. ४ हजार, फिन्जो शेर्पाबाट रू. २ हजार, कल्याण राज हलवेईबाट रू. २ हजार नगद सहयोग गर्नुभएको हो । यस्तै विबेकमान श्रेष्ठले ग्यास चूलो लगायतका भाडाँकुडा, सुवास श्रेष्ठले शिरक डसना, बुद्धि बुर्लाकोटीबाट ४ थान कुर्ता-सुरूवाल, चिरन्जिबी खकुरालले ५ जोर कपडा सहयोग गर्नु भएको छ । यसैगरी सहयोगी मनहरु दिनेश तिम्सिना, श्रीमान लामा, राजेन्द्र उप्रेती लगायतले पनि जिन्सी सामान सहयोग गर्नुभएको हो । सवारी दुर्घटनामा परी अपाङ्गता हुन पुगेकी नेपालीलाई ह्विलचियर र खाद्यान्न बितरण गर्नेक्रममा फेसबूक लाईभ मार्फत सहयोगको लागी अपिल गरेपछि विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको र उक्त सहयोग संकलन गरी उपलब्ध गराइए ईश्वर भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस