धादिङ २७ आषाढ
३ वर्षदेखि मेरुदन्ड भाचिएर थला परेका नीलकण्ठ नगरपालिका वडा नं. ८ रामकोटका हित नारायण श्रेष्ठलाई धादिङ मोबाइल व्यवसायी संघले नगद सहयोग हस्तान्तरण गरेको छ । ३ वर्ष पहिले घरको ३ तलामाथिबाट खसेर मेरुदण्ड भाचिएका श्रेष्ठको ढाडभन्दा तल पुरै शरीर नचल्ने अवस्थामा छ । उनको उपचारमा करिब २० लाख भन्दा बढी रकम सकिएता पनि निको हुन नसकेकाले उनी हाल घरमै रहेका छन् । सदरमुकाम नजिकै भएर पनि हालसम्म कुनै सहयोगी मनहरुको आँखा नपुगेको रामकोटका श्रेष्ठको बारेमा विभिन्न सञ्चार माध्यमहरुबाट बाहिर आएपछि थोरै भएपनि तत्कालको औषधोपचारका लागि रु. १७ हजार ५ सय रकम हस्तान्तरण गरिएको धादिङ मोबाइल व्यवसायी संघका अध्यक्ष प्रकाश भट्टले बताउनु भयो । हालसम्म वडा नगरपालिका लगायत कुनै पनि संघ संस्थाले सहयोग नगरेको बिरामी हित नारायण श्रेष्ठको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस