धादिङ २६ आषाढ
प्रशान्त ढउन्या
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ११ मा किसानहरुलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ११ र साना किसान कृषि सहकारी संस्था लिमिटेड ज्यामरुङको साझेदारीमा बिहिबार २७ वटा हाते ट्र्याक्टर वितरण गरिएको हो । समूहमा आउने किसानहरुलाई ७५ प्रतिशत अनुदान र व्यक्तिगत रुपमा आउने किसानहरुलाई ५० प्रतिशत अनुदानमा ट्«याक्टर वितरण गरिएको वडा अध्यक्ष तिलक थापा मगरले जानकारी दिनुभयो । वडाले रु. १० लाख साना किसान कृषि सहकारी ज्यामरुङले ५ लाख र किसानहरुबाट रु. ४ लाख जम्ममा गरी कुल १९ लाखमा ट्र्याक्टर खरिद गरिएको वडा अध्यक्ष मगरले बताउनु भयो । वडा अध्यक्ष तिलक थापा मगर, साना किसान कृषि सहकारी संस्था लिमिटेड ज्यामरुङका मोतिराम पाठक, प्रबन्धक दामोदर इटनी र वडा सदस्यहरुको रोहबरमा ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर वितरण भएपछि किसानहरुलाई कुषिमा आधुनिकीकरणका लागि थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस