धादिङ २४ आषाढ
कोरोना भाइरस(कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै जादा धादिङ लगायत देशैभर आत्महत्याका घटनाहरु बढेका छन् । चैत्र ११ गतेदेखि सरकारले जारी गरेको लकडाउनको अबधीमा धादिङ जिल्लामा ३२ जनाले आत्महत्या गरेका छन् । जसमा महिला १५ जना, पुरुष ११ जना, बालक २, बालिका ४ जना रहेका छन् । यस्तै धादिङ जिल्लामा आत्महत्या गर्नेहरुको प्रकृति हेर्दा झुन्डिएर मर्नेको सङ्ख्या बढी देखिन्छ । झुन्डिएर मर्नेहरुमा १० जना पुरुष, १२ जना महिला, २ बालक र २ बालिका रहेका छन् । यस्तै विष सेवन गरेर ३ जना महिला, १ जना पुरुष र १ बालिकाले आत्महत्या गरेकी छन् भने अर्का १ पुरुषले हाम्फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस