धादिङ २३ आषाढ
धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय २३ पुगेको छ । मङ्गलबार धादिङको थाक्रे गाउँपालिका वडा नं. ११ का २४ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै सङ्क्रमितको सङ्ख्या १ सय २३ पुगेको स्वास्थ्य कार्यालय धादिङका महांमारी फोकल पर्सन दिपक अछामीले जानकारी दिनुभयो । हालसम्म धादिङकोे १० वटा स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ६१ जना, ज्वालामूखी गाउँपालिकामा २९ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १९ जना, सिद्धलेकमा ३ जना, नेत्रावती डब्जोङमा १ जना, बेनिघाट रोराङ गाउँपालिकामा २, गल्छीमा २ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा २ जना सहित कोरोना सङ्क्रमितको संख्या १ सय २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस