जीवन रोक्का
धादिङ २ जेष्ठ
बिद्यालयलाई बालमैत्री बनाउन सहयोग गर्ने र बालबालिकाहरुको हक हितको लागि विद्यालयद्वारा आयोजित कार्यक्रमहरुमा सहभागी गराउन प्रोत्साहित गर्ने उद्देश्यका साथ वेनिघाट रोराङ गाउँ पालिका २ ताल्तिमा अवस्थित पिपल भञ्ज्याङ माध्यमिक विद्यालयमा १९ सदस्यीय बाल क्लब गठन गरिएको छ । समाजमा हुने विभिन्न किसिमका बाल विवाहा रोक्न मद्दत गर्नुका साथै विद्यालयमा सरसफाइ कार्यक्रमहरु गर्ने र खेलकुद सम्बन्धी क्रियाकलापहरुमा पनि बालबालिका हरुलाई सहभागी गराउने उद्देश्यका साथ पुनर्गठि क्लबको अध्यक्षमा रेश्मी तामाङ, उपाध्यक्षमा सन्तोषी तामाङ र साजिद मियाँ, कोषाध्यक्षमा विकास घलान, सचिवमा सुमिना मगर, सहसचिवमा सुजन तामाङ चयन हुनुभएको छ ।
सामुदायिक बिकास समाज (प्रयास नेपाल ) धादिङ र यु एम एन को साझेदारीमा बाल केन्द्रिय सामाजिक बिकास कार्यक्रम अन्तर्गत आयोजित बाल क्लब पुर्न गठन कार्यक्रममा बेनिघाट रोराङ २ ताल्ती पिपल भञ्ज्याङ् माध्यमिक विद्यालयका प्रधानाध्यपक नानिबाबु लोहनीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रयास नेपाल धादिङका सामाजिक परिचालक प्रदिप रेग्मीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसर पारी सुनिता मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन गरिएको छ । यस्तै विभिन्न उपसमितहरु पनि गठन गरिएको छ । सन्तोष गुरुङको संयोजकत्वमा शिक्षा एकाई, सुजन गुरुङको संयोजकत्वमा खेलकुद तथा सरसफाइ, रिया तामाङको संयोजकत्वमा संस्कृति तथा सञ्चार उपसमिति गठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस