धादिङ २२ आषाढ
जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभएका महान शहिद गणेश तामाङ(द्धन्दु) र राजु दाहाल(सागर)को १९ औँ स्मृति दिवस धादिङबेसीमा सम्पन्न भएको छ । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङको आयोजनामा भएको स्मृति दिवसमा संस्थाका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता, प्रदेश सांसद डा. राम कुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीका अध्यक्ष दिपक विश्वकर्मा लगायत नेकपा धादिङका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५८ साल आषाढ २२ गते नुवाकोटको तारुका प्रहरी चौकी आक्रमणका क्रममा तत्कालीन शाही नेपाली सेनाले गणेश तामाङ (द्वन्दु) र राजु दाहाल (सागर) को हत्या गरेको थियो ।
स्मृति सभामा बोल्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले तत्कालीन अखिल पाचौँसँग सङ्गठित भएर राजनैतिक यात्रा सुरु गरेका गणेश तामाङ उत्तरी धादिङको पहिलो कम्युनिष्ट नेता भएको बताउदै सरल, निडर र साहसी स्वभाका तामाङको सहादतले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै धक्का पु¥याएको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद एव. नेकपा नेता डा. राम कुमार अधिकारीले उत्तरी धादिङमा कम्युनिष्ट विचार तथा राजनीति प्रचारका क्रममा गणेश तामाङसँग लामो समय सहकार्य गरेको स्मरण गर्दै तत्कालीन समयमा उत्तरी धादिङको कम्युनिष्ट आन्दोलनका एक्लो खम्बा गणेश तामाङ भएको बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले तत्कालीन शाही नेपाली सेनाद्धारा गणेश तामाङ र राजु दाहालको हत्या गरेको खबर सुन्दा आफू जनयुद्धप्रति सर्मपित हुने जोस पैदा भएको र प्रतिकृयाबादी सत्ताप्रति घृणाभाव पैदा भएको बताउनु भयो ।
उत्तरी धादिङको दार्खामा जन्मिएका गणेश तामाङ २०५४ सालबााट नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा होमिनुभएको थियो भने राजु दाहालको नीलकण्ठ नगरपालिका वडा नं. २ चिसापानीमा जन्मिनुभएका राजु दाहाल(सागर) छापामार स्कायट दलमा आबद्ध हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस