धादिङ २० आषाढ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटका २० जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फर्किएका छन् । गत जेष्ठ ३ गते राती नेपाली काङ्ग्रेसमा प्रवेश गरेका धुँवाकोटका २० जना युवाहरु शुक्रबार नेपाली काङग्रेस परित्याग गरी पुनः नेकपामा प्रवेश गरेका हुन् । केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टीका गाउँ कमिटी नै प्रवश गराएको नेकपाले नेपाली काङ्ग्रेस धुवाकोटका वडा उम्मेदवार वडा सदस्य भुल्डुङ सुनार, रमेश सेन्चुरी, बुध्द सेन्चुरी, अजय लगुन र अनिल लगुन सहित २० जना युवा नेता तथा कार्यकर्ताहरु शुक्रबार नेकपा प्रवेश गरेका हुन् । नेपाली काङग्रेस धुँवाकोटका सभापति सन्तोष बस्ताकोटीको घरमा काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले टिका लगाई काङ्ग्रेसमा प्रवेश गरेका २० जना युवाहरु करिब ४० दिन पछि पुनः नेकपामा फर्किएको नेकपा धुँवाकोटले जनाएको छ । शुक्रबार नेकपाका प्रदेश र जिल्ला स्तरका नेता राम बहादुर भण्डारी, प्रदेश सांसद डा.रामकुमार अधिकारी, शम्भु श्रेष्ठ, मनराज भण्डारी, शोम्बले तामाङ, दिपक विश्वकर्मा, हरि श्रेष्ठ, नवराज दुवाडी लगायतको टिमले उनीहरुलाई भव्य स्वागत गरेका थिए । नेकपामा प्रवेश गर्नेहरुमा कमल घिमिरे, शम्भुराम अधिकारी, सुजन दाहाल, पुस्कर अधिकारी, रमेश दाहाल, अरुण नेपाल, निशान घिमिरे, प्रबेश दाहाल, समृल अधिकारी, सबिन दाहाल, तारा प्रसाद घिमिरे, यम बहादुर दाहाल, जीवन दाहाल, लगायतका युवाहरु नेकपामा फर्किएका छन् । सुनार धुँवाकोटको दलित समुदायको नेतृत्व गर्दै नेपाली काङ्ग्रेसको स्थानीय नेताको रुपमा सक्रिय रुपमा राजनीति गर्दै आउनु भएको थियो । नेपाली काङ्ग्रेसले समुदायको मुक्तिको लागि सहयोग नगरेको, अन्यायमा परेकालाई न्याय दिन नसकेको र समय सापेक्ष हुन नसकेको, दलित मुक्ति र सिङ्गो धुँवाकोटको विकास निर्माणको लागि नेकपाले सक्रिय भूमिका खेलेको भन्दै काङग्रेस पार्टी परित्याग गरेको उनीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस