यमुना गुरुङ
धादिङ १९ आषाढ
मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धी समुदायको अगुवाहरु तथा टोल सुधार समिति सचेतना गोष्ठी शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ बैरेनीमा सम्पन्न भएको छ । उत्थान नेपाल धादिङको आयोजना तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौडाको सहयोगमा उक्त गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा मनोविमर्शकर्ताहरु यमुना गुरुङ र मञ्जु श्रेष्ठले मनोसामाजिक समस्या भनेको के हो ?, मनोसामाजिक स्वास्थ्य, मनोसामाजिक समस्या, कारण, लक्षण र रोकथामका उपायहरुको बारेमा सहभागिहरुलाई सहजीकरण गर्नु भएको थियो । उत्थान नेपाल धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका सचिव सविता अर्याल, शिक्षक, समाजसेवी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, टोल सुधार समितिका पदाधिकारीहरु, र समुदायका अगुवा व्यक्तिहरुको सहभागिता रहेको थियो । उत्थान नेपालले धादिङका विभिन्न स्थनीय तहहरुमा समुदायस्तरमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस