धादिङ १४ आषाढ
धादिङमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय १८ पुगेको छ । आइतबार धादिङमा एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १८ पुगेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । आइतबार थपिएका एक महिलाको ठेगाना भने अहिले सम्म खुल्न नसकेको डा. पौडेलले जानकारी दिनु भयो । धादिङको १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ६० जना, ज्वालामुखी गा.पा. २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना, सिद्धलेकमा ३ जना, नेत्रावती डब्जोङमा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बेनिघाट रोराङमा १, गल्छीमा २ जना,थाँक्रेमा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा ३ जना र आइतबार एक जना महिला गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १८ पुगेको छ । संक्रमित मध्ये ६० जना निको भई घर फर्किएका छन् । यसैबिच नीलकण्ठ नगरपालिकाबाट आइतबार २४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाईरस (कोभिड १९) पिसिआर रिपोर्ट पोजेटिभ आई नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा बसेका २४ जनालाई आईतबार घर पठाईएको हो । उनीहरुको पिसीआर रिपोर्ट पोजेटिभ आए पनि कुनै कोरोना सङ्क्रमणको लक्षण नदेखिएपछि दुई हप्ता सम्म आईसोलेसनमा राखेर घर पठाईएको नीलकण्ठ नगरपालिका धादिङले जनाएको छ ।
जेठ ३१ गते आईलेसनमा आएकाहरुलाई सरकारको स्वास्थ्य प्रोटोकल अनुसार नै घर पठाईएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताउनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर १,७ र १४ का ५ जना महिला र १९ जना पुरुषलाई नीलकण्ठ नगरपालिकाले स्वास्थ्य सर्टिफिकेट वितरण गरेर एक हप्ता होम क्वारेनटाईनमा बस्न आग्रह गर्दै घर पठाईएको हो । नीलकण्ठ नगरपालिका धादिङमा ४० जना कोरोना मुक्त भएर घर गईसकेका छन् भने नीलकण्ठ नगरपालिकामा मात्र ६० जनामा कोरोना पुष्टि भएको थियो । अहिले १८ जना आईसोलेसनमा रहेका छन् भने अरु सबै कोरोना जितेर घर गईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस