धादिङ १३ आषाढ
धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय १७ पुगेको छ । शनिबार धादिङको गल्छी गाउँपालिकाका १ जना पुरुष र गजुरी गाउँपालिकाका २ जनामा सङ्क्रमण पुष्टी भएसँगै धादिङका कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १७ पुगेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । धादिङका १० स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको छ । जसअनुसार नीलकण्ठ नगरपालिकामा ६०, ज्वालामुखी गाउँपालिकामा २७, त्रिपुरासुन्दरी गाउँपालिकामा १८, सिद्धलेक गाउँपालिकामा ३, गजुरी गाउँपालिकामा ३, गल्छी गाउँपालिकामा २ नेत्रावती डब्जोङ, बेनिघाट रोराङ, थाँक्रे र धुनीबेसी नगरपालिकामा १/१ जना गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १७ पुगेको छ । संक्रमित मध्ये २३ जना निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस