धादिङ १३ आषाढ
नेपालमा भित्रिन लागेको अमेरिकिन मिलेनिएम च्यालेन्ज कर्पोरेशसन एम.सि.सि सम्झौता खारेज गर्नुपर्ने भन्दै धादिङमा शान्तिपूर्ण बिरोध प्रर्दशन भएको छ । स्वतन्त्र नागरिक महाअभियान धादिङको अगुवाइमा भएको बिरोध प्रर्दशनमा सय भन्दा बढी नागरिकहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा उत्रिएका युवा तथा नागरिकहरुले नेपालको हितमा नरहेको राष्ट्रघाति एम.सि.सि सम्झौता जनुकुनै हालतमा खारेज गर्नुपर्ने भन्दै साङ्केतिक रुपमा सङख समेत फुकेका थिए । संसदमा पेस भएको राष्ट्रघाती एम.सि.सि सम्झौता खारेज नगरे सबै देशभक्त नागरिकहरु सडकमा ओर्लिएर कडा आन्दोलनमा उत्रिने स्वतन्त्र नागरिक महाअभियान धादिङले चेतावती समेत दिएको छ । विरोध ¥याली पुछारबजार प्रहरी बिटबाट सुरु भई बिचबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस