धादिङ १२ आषाढ
कोरोना भाइरस(कोभिड १९) को सङ्क्रमण फैलिदै गएपछि गोरखाको भिमसेनथापा गाउँपालिकाले रोकथाम र नियन्त्रणका लागि विभिन्न महत्त्वपूणर् निणर्यहरु गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले कोरोना भाइरसलाई नियन्त्रण तथा रोकथामको लागि विशेष निणर्य गरेको हो । गाउँ कार्यपालिकाको २३ औँ बैठकले गाउँपालिकाको वडा नम्बर ५ रिठ्ठेपानी, वडा नम्बर ६ झिङटे खोला र मोहरिया, वडा नम्बर ८ महादेवटार लगायतका कोरोना सङ्क्रमण देखिएको स्थानहरुमा मानिसहरुको आवातजावतमा पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको छ । यस्तै पालिकाभित्र रहेका बैँक तथा सबै वित्तीय संस्था, उद्योग व्यवसाय तथा पसलहरु बन्द गर्ने, एक वडाबाट अर्को वडामा अत्यावश्यक काम बाहेक आवतजातमा रोक लगाउने, गाउँपालिका भित्र रहेका खाद्यान्न, दुग्दजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र तरकारी तथा फलफूल पसलहरु विहान ६ बजेदेखि बिहान १० बजेसम्म मात्र सञ्चालन गर्ने समेत निणर्य गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि वडागत रुपमा गठित समितिहरुलाई सक्रिय बनाइ जनचेतनाका कार्यहरु सञ्चालन गर्ने, जुवा तास खेल्ने, भिडभाड, होहल्ला गर्ने जस्ता गतिविधिलाई पूणर् रुपमा रोक लगाउने लगायतका १० वटा निणर्यहरु गरेको छ । भिमसेनथापा गाउँपालिकामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया दिनुहोस