धादिङ ११ आषाढ
नीलकण्ठ नगरपालिका धादिङको सातौ नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेट र नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधबार नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम र उपप्रमुख मनराज भण्डारीले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु १ अर्ब तीन करोड ११ लाख पचपन्न हजार आठ सय २० रकम विनियोजन गर्नुभएको हो । जसमा चालु खर्चतर्फ रु ७१ करोड ५५ लाख ७० हजार ८ सय २० र पुँजीगत खर्चतर्फ रु ३१ करोड ३५ लाख ८५ हजार विनियोजन गरिएको हो । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटले स्वरोजगारीका लागि उद्यमशीलता, पुर्वाधार, करिडोर, चक्रपथ, लक्षित वर्ग समुदाय, खानेपानी सरसफाइ, सुशासन, विपद व्यवस्थापन, युवा, खेलकुद, उद्योग वाणिज्य, पर्यटन तथा सहकारी, न्याय सम्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरुलाई समेटेको उपप्रमुख भण्डारीले बताउनु भयो ।
नगरप्रमुख ढुङ्गानाद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पूर्ण पाठ
नगर उपप्रमुख मनराज भण्डारीद्धारा प्रस्तुत बजेट विनियोजनको पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस