धादिङ १० आषाढ
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक गरेको गरेको छ । बुधबार गाउँपालिकाको कार्यालय सेमजोङमा भएको सातौँ गाउँसभा २०७७ बाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट पारित गरिएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७०७८ लागि कूल ५० करोड ५ लाख ५५ हजार ८ सय ७४ रुपैंयाको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ रु.७ करोड ६१ लाख ५४ हजार, पुँजीगततर्फ रु २१ करोड ४१ लाख ३९ हजार, शसर्त अनुदानतर्फ रु २१ करोड ३ लाख विनियोजन गरिएको हो ।
गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यद्धारा प्रस्तुत नीति तथा कार्यक्रमको पूण पाठ
नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभाका सदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पूर्ण कर्मचारीहरु तथा उपस्थित सम्पूर्ण आमाबुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
यति बेला विश्वले महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड–१९)को संक्रमणबाट मानव सभ्यता र मानव जाती माथि नै अकल्पनिय संकट भोगी रहेको छ । महामारी बिरुद्ध स्थानीय सरकार आफ्नो सम्पूर्ण क्षमता, स्रोत र साधनका साथ जुटिरहेको यस कठिन परिस्थितीमा स्थानीय सरकारको आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु । प्रस्तुत नीति तथा कार्यक्रमले कोभिड–१९ बाट स्थानीय सम्पूर्ण नागरिकको जीवन रक्षा गर्ने, स्थानीय नागरिकले प्रत्यक्ष महसुश गर्ने विकास तथा महामारीबाट शिथिल अर्थतन्त्रलाई उकासेर चलाएमान बनाउने लक्ष्य लिएको छ ।
यति बेला म नेपालको योगान्तकारी परिवर्तनका लागि ऐतिहासिक जनआन्दोलन तथा सबै खाले आन्दोलन एवं संघर्षको क्रममा शहादत प्राप्त गर्नु हुने सम्पूण ज्ञात अज्ञात सहिद प्रति भाव पूर्ण श्रद्धान्जली अर्पण गर्दै उहाँहरुले पु¥याउनु भएको अमूल्य योगदानको स्मरण गर्न चाहन्छु । विश्वव्यापी रुपमा फैलिए कोभिड–१९ को महामारीबाट स्वदेश तथा विदेशमा जिवन गुमाउनु भएका सम्पूर्ण दिदिबहिनी तथा दाजु भाई प्रति भाव पूर्ण श्रद्धान्जली व्यक्त गर्दै संक्रमित सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
नेपाललको संविधान २०७२ जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम नेपालमा ३ तहको सरकार हुने संवैधानिक प्रावधान रहेको छ । जनताको सबैभन्दा नजिक रहेर घरदैलोसम्म पुगेर जनताको सबै दुःख बुझ्ने सरकार भनेको स्थानीय सरकार हो । नेपाली जनताको लामो समयदेखिको अपेक्षा संविधान निर्माण कार्यलाई २०६२/०६३ को लगायतका विभिन्न समयमा भएको आन्दोलन र दुई पटकसम्म भएको संविधान सभा निर्वाचनले संभव बनाएको छ र हाल संविधान कार्यान्वयन कै क्रममा छ ।
यसै संविधान बमोजिम नै २०७४ मा स्थानीय निर्वाचन भई यस नेत्रावती डबजोङ गाउँपालिकाले पनि स्थानीय सरकारको रुपमा काम गरेको तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गर्ने क्रममा छौं । यस बिचमा हामिले हाम्रो गाउँपालिका भित्र कति काम ग¥यौं ? त्यसको अनुभव साथ साथै मूल्याङ्कन र विश्लेषण नेत्रावती डबजोङ गाउँपालिकाबासी नागरिकहरुले गर्नु भएको छ । तीन वर्षको कार्यकाल सकेर चौंथो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ । स्थानीय सरकार मार्फत नै गाउँ समाजको विकास गर्ने जिम्मेवारी दिईएकोले हाम्रो काँधमा अवसरको साथ साथै चुनौती पनि थुप्रै रहेका छन् । यद्यपी चुनौतीहरुलाई अवसरमा परिणत गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।
उपस्थित सम्पूर्ण महानुभावहरु :
अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको चालु आ.व. २०७६/०७७ मा सम्पादित क्रियाकलापको मुख्य मुख्य छोटकरी रुपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
अब म आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
क) पूर्वाधार तथा संरचना विकास :
ख) आर्थिक विकास
कृषि विकास तथा सहकारी
ग) सामाजिक विकास :
शिक्षा युवा तथा खेलकुद
स्वास्थ्य सम्बन्धी नीति :
लक्षित वर्ग (महिला, बालबालिका तथा अन्य)
घ) खानेपानी तथा सिंचाई :
ङ) पर्यटन क्षेत्र :
च) वातावरण तथा विपद व्यवस्थापन :
छ) सूचना प्रविधि, संस्थागत सेवा प्रवाह र सुशासन :
अन्य :
अन्त्यमा :
अघिल्ला आ.व.हरुमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु पुरा नभएसम्म निरन्तरता दिने प्रतिवद्धता जनाउदै यस गाउँपालिकाको बजेट निर्माण, नीति कार्यक्रम र निर्णय कार्यन्वयन प्रक्रियामा सहयोग पु¥याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
दुर्ग कुमार शाक्य
अध्यक्ष
उपाध्यक्ष उर्मिला तामाङद्धारा प्रस्तुत बजेटको पूर्ण पाठ
नेत्रावती डबजोङ गाउँपालिका आ.ब. २०७७/०७८ को बजेट वक्तब्य :
नेत्रावती डबजोङ गाउँपालिकाकों गाउँ सभाका सभाध्यक्ष ज्यू, प्रमुख अतिथि, बिशेष अतिथि, उपस्थित सम्पुर्ण अतिथिगण, गाउँसभाका सदस्यहरु, यस नेत्रावती डबजोङ गाउँपालिकाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सम्वन्धित बिषयगत निकायका कर्मचारी बर्ग, पत्रकार साथीहरु, नागरिक समाजका प्रतिनिधिहरु, गैर सरकारी संस्थाका प्रतिनिधि तथा कर्मचारी, बिभिन्न समुह सहकारी संघ सँस्था र संगठन बाट पाल्नु भएका सम्पर्ण प्रतिनिधीहरु, महिला, दलित, अपाङ्ग, जेष्ठ नागरिक, सुरक्षाकर्मी, लगायत बिभिन्न तह र क्षेत्र बाट यस सभामा पाल्नुभएका बिद्धान बर्ग एवं सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु ।
सर्वप्रथम यस गरिमामय सभामा यहाँहरु माझ उभिईरहदा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र प्राप्तिको लागि र त्यसैको जगमा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित भएका बलिदानी पूर्ण आन्दोलनहरुमा त्यागका साथ उत्सर्ग गर्ने सम्पुर्ण महान शहिदहरु प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै सम्मान ब्यक्त गर्दै द्धन्द पीडितहरु तथा देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न अहम भुमिका खेल्ने सम्पुर्ण ज्ञातअज्ञात ब्यक्तिहरु लाई स्मरण गर्न चाहन्छु ।
ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक धार्मिक तथा पर्यटकीय महत्वका दृष्टिले अन्यन्त सवल सम्भावना बोकेको भएतापनि समग्र आर्थिक, सामाजिक विकास र प्रकृयालाई अघि बढाउन हाम्रा सामु केही चुनौतिहरु पनि छन् । डबजोङ दरबार, वाकाराहा, महाभिर चुली, विन्दुकेशर महादेव, ताङ्जोमाने, हेराहा ताल, चमेरो गुफा, लोङीई खुङ गुफा, चिलिङ्जो, ज्यम्पल दोर्जे डुब्खाङ बौद्ध दर्शन अध्ययन केन्द्र, अष्ठ चैत्य, सातकन्या देवी, बाघ भैरव मन्दिर, घाटु नाच स्थल, अकला देवी मन्दिर, आँखुखोला जस्ता प्राकृतिक तथा धार्मिक स्थलहरु यस क्षेत्रका सम्भावनाका श्रोतहरु हुन ।
उपस्थित सम्पुर्ण महानुभाबहरु,
अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको आ.ब. २०७७÷०७८ को वजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
यस र्आिथक वर्षका लागि कूल ५० करोड ५लाख ५५हजार ८ सय ७४ रुपैंयाको वजेट प्रस्तुत गरेको छु । जस मध्ये आयका स्रोत यस प्रकार रहेको छ ।
१. नेपाल सरकार बाट प्राप्त अनुदान
क) बित्तीय समानीकरण रु ९ करोड ५२ लाख,
ख) शर्सत अनुदान रु ११ करोड ३ लाख,
ग) राजस्व वाडँफाड रु ५ करोड ११ लाख ८८ हजार ८ सय ७४
घ) विशेष अनुदान रु. ३ करोड ८० लाख
२. बागमती प्रदेश सरकार बाट प्राप्त अनुदान
क) बित्तीय समानीकरण रु ९९लाख २३ हजार
ख) राजस्व वाडँफाड रु १ करोड ४८ लाख ५ हजार
ग) समपुरक अनुदान रु. ३ करोड
घ) विशेष अनुदान रु. ५० लाख
ङ) सशर्त अनुदान ४ करोड ४१ लाख ३९ हजार
३. आन्तरिक आम्दानीबाट अनुमानित बजेट रकम रु. ६०,००,०००।– (साठी लाख)
४. गाउँपालिकाको संचित कोष मौज्दात अनुमानित रकम रु. ४ करोड )
५. नगद सहभागिता अनुमानित रु.१ करोड
६. सामाजिक सुरक्षा अनुदान रु.४ करोड ६० लाख
यसरी आ.ब. २०७७/०७८ मा कूल ५० करोड ५लाख ५५हजार ८ सय ७४ रुपैंयाका बराबरको आय हुन सक्ने भनि सोहि रकम वरावरको वजेट प्रस्तुत गरेको छु ।
यसमा विभिन्न सरकारी तथा गैर सरकारी सघं सस्ंथाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुको खर्च समाबेश गरिएको छैन । यस सम्मानित गाउँ सभा मार्फत ती सस्ंथाहरुको कार्यक्रम पारित गरिए पछि गाउँ कार्यपालिकाको बैठक मार्फत उक्त रकम सार्वजनिक गरिने छ ।
आदरणीय सभाध्यक्ष ज्यू,
अव म आ.व.२०७७।०७८ मा हुने सम्पूर्ण व्यय तर्फको बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु,
१) चालु तर्फः
गाउँपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुको वार्षिक चालु प्रकृतिका सम्पूर्ण खर्चको लागि र पदाधिकारीहरुको सेवा सुविधा गरी कुल जम्मा रु ७ करोड ६१ लाख ५४ हजार को लागि संघीय राजस्व बाडँफाडबाट रु ५ करोड ११ लाख ८८ हजार ८ सय ७४ र प्रदेश तर्फको राजस्व बाडँफाडको रकम रु ९९ लाख तथा आन्तरिक राजस्व ६० लाख र गत बर्षको संचित मौज्दात ४१ लाख ६० हजार १ सय २६ गरी जम्मा रु ७ करोड ६१ लाख ५४ हजार ब्यहोर्ने गरी विनियोजन गरेको छु ।
२) कः– नेपाल सरकार सर्शत अनुदान तर्फको खर्चः
तथा
ख) बागमती प्रदेश सरकार सर्शत अनुदान तर्फको खर्चः
यस गाउँपालिका भित्र समाहित भएका विषयगत कार्यालयहरु जस्तै शिक्षा, कुषि, पशु, स्वास्थ्य, लक्षित वर्ग क्षेत्र, खानेपानी, भवन, संस्कृति संरक्षण लगायतकाहरुलाई सशर्त अनुदानमा नेपाल सरकारबाट प्राप्त १४ करोड ३ लाख र बागमती प्रदेश सरकारबाट प्राप्त ४ करोड ४१ लाख ३९ हजार विनियोजन गरिएको तत् शिर्षकमा नै खर्च गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छु ।
३) बागमती सरकार समपुरक अनुदान तर्फको खर्च
चालु आ.व. ०७६/७७मा जस्तै आगामी आ.व. ०७७/७८ मा बागमती प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड प्राप्त भए बमोजिम सो को लागि गाउँपालिकाले माग गरिएका सडक तर्फका योजनामा थप ३ करोड नै व्यहोर्नु पर्ने अर्थात् ५० प्रतिशत बजेटको आवश्यक प्रबन्ध मिलाई ६ करोड उक्त योजनाहरु संचालन हुन सक्ने व्यवस्था मिलाएकोे छु ।
४) शर्सत अनुदान सामाजिक सुरक्षा तर्फ खर्च :
नेत्रावती डबजोङ गाउँपालिका गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्र्पूणको लागि नेपाल सरकारबाट सोही शिर्षकमा प्राप्त बजेटबाट अनुमानित एकमुष्ट रु ४ करोड ६० लाख नै विनियोजन गरेको छु ।
५) नेपाल सरकार विशेष अनुदान तर्फको खर्च :
यस गाउँपालिकामा नेपाल सरकारबाट विशेष प्रकृतिका योजनामा खर्च गर्ने गरी प्राप्त ३ करोड ८० लाख सोही शिर्षकमा खर्च गर्न सक्ने गरी व्यवस्था मिलाएको छु ।
६) बागमती प्रदेश सरकारबाट विशेष अनुदान तर्फको खर्च :
आ.व. ०७७/०७८ मा बागमती प्रदेश सरकारबाट मागमा आधारित खानेपानी योजनामा विशेष अनुदान रु. ५० लाख प्राप्त भए बमोजिम उक्त रकमलाई सोही शिर्षकमा नै खर्च गर्ने व्यवस्था मिलाएको छु ।
आदरणीय सभाध्यक्षज्यू,
अब म बित्तीय समानीकरण केन्द्र तथा बित्तीय समानीकरण बागमती प्रदेश सरकार, नगद सहभागिता, संचित कोष मौज्दात तथा आन्तरिक आम्दानीका स्रोतबाट व्यहोर्ने गरी व्यय प्रस्तुत गर्न चाहन्छु ।
६) सार्वजनिक निर्माण खर्च :
यस नेत्रावती डबजोङ गाउँपालिकाको समग्र विकास र सम्बृद्धिको लागि सम्पूर्ण क्षेत्रको लागि विनियोजन गरिएको रकमलाई सार्वजनिक निर्माण खर्च अन्र्तगत राखिएको छ । यस शिर्षकमा रु १० करोड ३० लाख ९३ हजार विनियोजन गरिएको छ ।
आदरणीय उपस्थित जनप्रतिनिधिहरु,
अव म यस सार्वजनिक निर्माण अन्र्तगत विनियोजन गरिएको कुल रकमलाई शिर्षकगत राखी छुट्ठा– छुट्ठै शिर्षकमा विनियोजन गरिएको रकम प्रस्तुत गर्न चाहान्छु ।
क) आर्थिक विकास :
आर्थिक विकास तर्फ कुल १ करोड ५६ लाख विनियोजन गरेको छु । जस मध्ये कृषि तर्फ ८६ लाख, पशु तर्फ २२ लाख ५० हजार उद्योग तथा बाणिज्य तर्फ वित्तीय क्षेत्र तर्फ ५ लाख, पर्यटन तर्फ १० लाख, सहकारी तर्फ ३२ लाख ५० हजार, विनियोजन गरेको छु ।
ख) सामाजिक विकास :
सामाजिक विकास तर्फ कुल ४ करोड २६ लाख ७० हजार विनियोजन गरिएको छ । जस मध्ये शिक्षा तर्फ १ करोड ५७ लाख १८ हजार, स्वास्थ्य तर्फ ७८ लाख २२ हजार, लैगिंक समानता तथा समाबेशीकरण, पोषण तथा लक्षित वर्ग तर्फ ७१ लाख एवं खानेपानी तथा सरसफाई तर्फ १ करोड १ लाख ७९ हजार, संस्कृति प्रवद्र्धन तर्फ १६ लाख १ हजार र खेलकुद तथा मनोरञ्जन तर्फ २ लाख ५० हजार रुपैया विनियोजन गरिएकोे छ ।
ग) पुर्वाधार विकास :
पुर्वाधार विकास तर्फ कुल २ करोड ७४ लाख २३ हजार रुपैया विनियोजन गरिएको छ । जस मध्ये स्थानीय सडक तर्फ १ करोड ३६ लाख १५ हजार पुल तथा झोलङ्गे पुल तर्फ १ लाख १० हजार तथा सिचांई तर्फ १७ लाख १० हजार, भवन तथा सहरी विकास तर्फ ९ करोड ९८ लाख ८ हजार संचार तर्फ २० लाख रुपैया विनियोजन गरेको छु ।
घ) वातावरण तथा विपद् व्यवस्थापन :
वातावरण तथा विपद् व्यवस्थापन तर्फ कुल १ करोड ११ लाख विनियोजन गरेको छु । जस मध्ये फोहोरमैला तथा ढल व्यवस्थापन तर्फ ११ लाख र हाल सालै देखिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण र अन्य मानवीय एवं प्राकृतिक सिर्जित प्रकोपलाई मध्यनजर गर्दै यस गाउँपालिका भित्र विपद् व्यवस्थापन अन्तर्गत विपद् पूर्व सावधानी र तयारी तालिम तथा अभिमुखीकरणको लागि रु. ७ लाख, उद्धार सामग्री, विपद् सामग्री खरिद तथा भण्डारण रु. १५ लाख, राहत तथा उद्धार गर्न १० लाख रुपँैया, कोभिड १९ रोकथाम तथा नियन्त्रणार्थ क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन गर्न रु. १५ लाख र आइसोलेशन व्यवस्थापन अनुदानमा रु. ३ लाख बजेट विनियोजन गरिएको छ । त्यसै गरी मानसिक रुपमा विचलित नागरिक तथा व्यक्तिहरुको लागि पुर्नस्थापना ः तथा परामर्श कार्यक्रममा रु. ८ लाख, विपद् तथा प्रकोप व्यवस्थापन कोषमा रु. ४२ लाख विनियोजन गरिएको छु ।
ङ) संस्थागत विकास सेवा प्रवाह र सुशासन :
संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ कुल ६४ लाख विनियोनज गरिएको छ । जस मध्ये सामान्य सेवामा १९ लाख सुरक्षा ब्यवस्थापन तर्फ ९ लाख, न्यायीक प्रवद्र्धन तर्फ २० लाख स्थानीय तथ्याङ्क संकलन र अभिलेख ब्यवस्थापन तर्फ १ लाख, सुशासन प्रवद्र्धन तर्फ ७ लाख, अनुसन्धान तथा बिकास तर्प ८ लाख विनियोजित गरिएको छ ।
आदरणीय सम्पुर्ण उपस्थित महानुभाबहरु,
माथि उल्लेख गरिएका सार्वजनिक निर्माण अन्तर्गत रहेका नितान्त प्राबिधिक विषय र खरिद गर्नुपर्ने सामाग्री बाहेक सबैमा प्रत्येक शिर्षकमा छुट्याईएको कुल रकम को ३ प्रतिशत र पूर्वाधार निर्माण तर्फ २० प्रतिशत श्रमदान वा नगद जनसहभागितालाई समेत वजेटमा समाहित गरिएको छ । साथै यस गाउँपालिकाभित्र संचालन हुने आयोजना, योजनाहरुको व्यवस्थापन गर्नका लागि सर्भे, डिजायन कन्टेन्जेन्सी रकम मार्फत गरिने व्यवस्था गरेको छु । साथै समपुरक कोष बापत आवश्यक बजेट समेत विनियोजन गरेको छु ।
अन्त्यमा प्रस्ताबित वजेट योजना तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाब प्रदान गरी सहयोग गर्नहुने सम्पुर्ण महानुभाबहरु लाई धन्यवाद ज्ञापन गर्दछु । त्यसै गरी गाँउपालिका अध्यक्ष ज्यू, कार्यपालिका सदस्य ज्यूहरु, सम्पूर्ण वडा समितिका सदस्यज्युहरु, कर्मचारी वर्ग, राजनैतिक दलका प्रतिनिधी ज्यूहरु तथा सम्पुर्ण महानुभाबहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । प्रस्तुत बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा स्थानिय जनसमुदायले अपनत्व ग्रहण गरी यसको कार्यान्वयनमा सहयोग पु¥र्याउने अपेक्षा गरेको छु । प्रस्ताबित कार्यक्रम बाट गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा गुणात्मक सुधार आई सुशासन वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएको छु ।
र्आिर्थक वर्ष ०७७/०७८ को वजेट योजना तथा कार्यक्रम कार्यान्वयनमा गाउँबासी, नेपाल सरकार, प्रदेश सरकार, राजनैतिक दलहरु, नागरिक समाज, गैर सरकारी संघ सँस्था बैदेशिक दातृ संस्था र कर्मचारी लगायत सबै बाट सहयोगको अपेक्षा राखेको छु ।
धन्यवाद ।
उर्मिला तामाङ गुरुङ
उपाध्यक्ष तथा संयोजक
वजेट तथा कार्यक्रम तर्जुमा समिति
२०७७ असार १० गते ।
प्रतिक्रिया दिनुहोस