धादिङ ०१ जेष्ठ
रगत दान नै जीवन दान भन्ने मूल नाराका साथै देशैभर रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको रक्तसञ्चार सेवा केन्द्रले अभियानकै रुपमा जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रमकोे सहजीकरण गर्दै आएको छ । यसै सन्दर्भमा उज्यालो बहु उद्देश्यीय सहकारी संस्था लिमिटेड नीलकण्ठ ७, धादिङको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिन लागिएको छ । यही जेष्ठ ४ गते शनिबार उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको भवन नीलकण्ठ ७, उज्याले टोल, धादिङमा हुने रेडक्रस धादिङका सदस्य एवं रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा सबै स्वयमसेवी रक्तदाताहरुलाई रक्तदान गरी जीवन दान गर्न आग्रह गरिएको छ । उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस