धादिङ ०९ आषाढ
धादिङमा कोरोना संक्रमितको संख्या १ सय १४ जना पुगेको छ । मङ्गलबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ११ जना, नीलकण्ठ नगरपालिकाका १ र सिद्धलेक गाउँपालिकाका १ जना गरी १३ जनामा कोरोना पुष्टी भएसँगै धादिङमा कुल सङ्क्रमितको सङ्ख्या १ सय १४ पुगेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार मङ्गलबार सङ्क्रमण पुष्टी भएकाहरु त्रिपुरासुन्दरी गाउँपालिकाका १ महिला सहित १० जना पुरुष, नीलकण्ठ नगरपालिकाका १ जना पुरुष र सिद्धलेक गाउँपालिकाका १ जना पुरुष रहेका छन् । संक्रमितहरु सबै भारतबाट आई नगरपालिका तथा गाउँपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको डा. पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस