धादिङ ३१ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिकाका ९ जनामा सोमबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनु भयो । संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १४ का ३७ बर्षीय पुरुष, वडा नं २ का २८, २८ बर्षीय पुरुष, वडा नं ७ का २८ र ३७ बर्षीय पुरुष २ जना, वडा नं ५ का २४,२४ र २९ बर्षीय पुरुष ३ जना, वडा नं १० का २८ बर्षीय पुरुष १ जना गरी ९ जना रहेका छन् ।आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ ३० गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै धादिङमा संक्रमितको संख्या ९२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस