धादिङ असार १
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणमा सरकारले अहिले सम्म प्रभावकारी काम नगरेको भन्दै धादिङ गल्छीका युवाहरुले सोमबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सोमबार गल्छी चोकमा सरकार विरुद्ध विभिन्न नारा लगाउर्दै युवाहरुले प्लेकार्ड मार्फत विरोध जनाएका हुन् ।
प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, असुरक्षित क्वारेन्टिन बन्द गर’ पीसीआर चाहियो’, भोकले भन्दा रोगले मर्ने धेरै भयो, धामी झाँक्री बढि भोे, अबको आर्थिक योजना के छ सरकार’ ?नयाँ नक्साको लागि धन्यवाद सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जिउधनको सुरक्षाको ग्यारेन्टी गर, जनता जति खाडीमा, लगायतका नारा लिएर विरोध गरेका थिए । यसै गरी आइतबार धादिङका युवाहरुले पनि जिल्ला प्रशासन कार्यालय धादिङको गेट अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर करिब ४५ मिनेट सम्म सरकार विरुद्ध शान्ति पूर्ण विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस