धादिङ असार १
जनयुद्धका महान शहिद अर्जुन लम्सालको १७ औं स्मृति दिवस सोमबार धादिङबेसीमा मनाईएको छ । जनक्रान्तिका महान शहिद तथा वेपत्ता परिवार समाज धादिङले सोमबार धादिङबेसीमा सामाजिक दुरी कायम गर्दै १७ औं स्मृति दिवस मनाएको हो । वि.सं २०६१ सालको असार १ गते अजुर्न लम्साल, निशान अधिकारी र एक महिला गरी तीन जनालाई सिम्लेबाट ज्यामरुङ तर्फ जाँदै गर्दा तत्कालीन शाही सेनाले गिरफ्तार गरि हत्या गरेको थियो । नीलकण्ठ नगरपालिका मुरलिभञ्ज्याङ निवासी लम्साल मशाल, एकता केन्द्र हुँदै तत्कालिन नेकपा माओवादी संगठित भएका लम्साल पेशाले शिक्षक भएता पनि उनलाई माओवादी आन्दोलनको आस्था राखेकै कारण सेनाले गिरफ्तार गरेपछि ०५९ सालमा शिक्षण पेशा छाडेर जनयुद्धमा लागेका थिए । जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीले जनयुद्धको क्रममा मारिएका नेकपाका शहिद परिवारहरुलाई राज्यबाट पाउने सेवा सुविधा लिन पहल गर्ने बताउनु भयो । यस्तै गरी भण्डारीले धादिङ जिल्ला भित्र रहेका सबै शहिद बेपत्ता परिवारहरुको राज्य तर्फबाट बेपत्ता पारिएको मितिमा स्मृति दिवस मनाउनु पर्नेमा जोड दिनु भयो । जनक्रान्तिका सहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा सहिद जनयुद्धका संस्थापक नेता मोहन कार्की, नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी, सहिद परिवार, नेकपा धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस