धादिङ जेष्ठ ३२
धादिङको नीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसंगै संक्रमित व्यक्तिहरु बसेका गाउँटोलहरुमा सिल गरिने भएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमित व्यक्तिहरु रहेको निलकण्ठ नगरपालिकाको वडा नं. १, ५, ७ र १४ वडामा सिल गर्ने निर्णण गरिएको हो । भारतबाट आएका थप २४ जना व्यक्तिहरुको परिक्षण गर्दा पोजेटिभ देखिएकोले संक्रमित व्यक्तिहरु रहेका गाउँ र टोल बस्तीहरुमा आवतजावतमा नियन्त्रण गर्न उक्त वडाका संक्रमित रहेका गाउँरटोल र बस्ती क्षेत्रलाई सिल गर्ने निर्णय भएको हो । बैठकले संक्रमित व्यक्तिहरुलाई सघन सहरी विकास कार्यालय र निलकण्ठ माध्यमिक विद्यालमा राख्ने, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङबाट आवश्यक देखिएका व्यक्तिहरुको पिसिआर गर्ने निर्णय समेत गरेको छ । त्यस्तै शव व्यवस्थापन सम्बन्धमा संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नु पर्ने भएकोले जिल्लाका प्रत्येक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी उपलब्ध गराउने लगायत ७ निर्णणहरु गरेको छ ।
निर्णयहरु
निर्णय नं.१
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै जाने क्रममा धादिङ निलकण्ठ नगरपालिकाको वडा नं. १, ५, ७ र १४ का भारतबाट आएका थप २४ जना व्यक्तिहरुको RTPCR परिक्षण गर्दा पोजेटिभ देखिएकोले संक्रमित व्यक्तिहरु रहेका गाउँटोल र बस्तीहरुमा आवतजावतमा नियन्त्रण गर्न उक्त वडाका संक्रमित रहेका गाउँ र टोलबस्ती क्षेत्रलाई सिल गर्ने निर्णय गरियो ।
निर्णय नं. २
निलकण्ठ नगरपालिकामा भारतबाट आएका २३ जना व्यक्तिहरुकव मिति २०७७ र २ र ३१ मा RTPCRपोजेटिभ आएको हुँदा संक्रमित व्यक्तिहरुलाई सघन सहरी विकास कार्यालयर निलकण्ठ माध्यमिक विद्यालयमा राख्ने ।
निर्णय नं. ३
संक्रमित व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा आएका वयक्तिहरुको कन्ट्याक ट्रेशिङ बाट आवश्यक देखिएका व्यक्तिहरुको RTPCR गर्ने ।
निर्णय नं. ४
शव व्यवस्थापन सम्बन्धमा संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नु पर्ने भएकोले प्रत्यक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी उपलब्ध गराउने ।
निर्णय नं.५
संक्रमित व्यक्तिको डिस्चार्ज सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्दिष्ट TESTING GUIDELINE/ ISOLATION GUIDELINE अनुरुप गर्ने ।
निर्णय नं.६
टेष्टिङ कार्यालाई व्यवस्थित वनाउन RTPCRमेशिन प्रदेश सरकारसँग माग गर्ने ।
निर्णय नं.७
नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स स्टेन्ड वाइ राख्न पुर्व निर्णय भए पनि हाल सम्म उक्त एम्बुलेन्स संचालन हुन नसकेको हुँदा उक्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई फिर्ता गर्ने ।
प्रतिक्रिया दिनुहोस