धादिङ जेष्ठ ३२
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण कार्यमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै धादिङका युवाहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धादिङमा प्रदर्शन गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय धादिङको गेट अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर करिब ४५ मिनेट सम्म सरकार विरुद्ध विरोध गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, असुरक्षित क्वारेन्टिन बन्द गर’ पीसीआर चाहियो’, भोकले भन्दा रोगले मर्ने धेरै भयो, धामी झाँक्री बढि भोे, अबको आर्थिक योजना के छ सरकार’ ?नयाँ नक्साको लागि धन्यवाद सरकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जिउधनको सुरक्षाको ग्यारेन्टी गर, हिमाली हावाले नपुग्ला भ्यान्टीलेटर बढाउ सरकार, जनता जति खाडीमा, लगायतका नारा लिएर विरोध गरेका थिए । सरकारले नयाँ नक्सा जारी गरेको भन्दै धन्यवाद पनि दिएका थिए ।
प्रतिक्रिया दिनुहोस