कपिल जम्कट्टेल
धादिङ बैशाख ३१
भद्रगोलका पूर्व निर्देशक तथा कलाकार शङ्कर आचार्य बरिष्ठेले निर्देशन गरेको सन्देशमूलक डकुमेन्ट्री मङ्गलबार धादिङबेसीमा पनि प्रर्दशन गरिएको छ । गरिबी र अशिक्षाको कारण होक्से भन्ने ठाउमा मान्छेले आफ्नो मिर्गौला बेच्ने गरेको कथावस्तुलाई आधार बनाइ निर्माण गरेको डकुमेन्ट्री सुनगाभा एकेडेमीका विद्यार्थीहरुले पनि ओम शान्ति चलचित्र मन्दिरमा गएर हेरेका छन् । विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद लम्साल, निर्देशक रामहरि अधिकारी, भाइस प्रिन्सिपल गोकर्ण अधिकारी, शिक्षक सहित कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले उक्त सन्देशमूलक चलचित्र हेरेका हुन् । चलचित्र प्रदर्शनीकै बीचमा विद्यार्थीहरुले उक्त चलचित्रका कलाकारहरुसँग अन्तरकृया पनि गरेका छन् ।
चलचित्र हेरेपश्चात विद्यार्थीहरुले कुलतमा फस्नुको कारण यसबाट हुने खतरा तथा कुलतबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको विद्यार्थीहरुले बताएका थिए । विद्यालयले विद्यार्थीहरुलाई सामाजिक वातावरण, नैतिक शिक्षा, व्यवहारिक ज्ञानका साथै जीवन उपयोगी शिक्षामा जोड दिदै अगाडि बढेको विद्यालयका निर्देशक रामहरि अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस