धादिङ ३० जेष्ठ
बेनिघाट रोराङ गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । शुक्रबार प्रतिनिधि सभा सांसद भूमि त्रिपाठीद्धारा भवन शिलान्यास गरिएको हो । कुल १४ करोड लागत स्टमेट गरिएको भवनको शिलान्यास गर्दै सांसद त्रिपाठीले समयमै भवन निर्माण सम्पन्न गर्न सुझाव सहित सेवाग्राहीको सेवा प्रवाहलाई थप चुस्त बनाउन आग्रह गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी, उपाध्यक्ष देवी प्रसाद सिलवाल, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ विशालटारमा निर्माण सुरु गरिएको उक्त भवन २ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको र उक्त भवनलाई यस आर्थिक वर्षमा रु. ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष डल्लाकोटीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस