धादिङ ३० जेष्ठ
बुधबार अनलाइन खबर डट कमले प्रकाशन गरेको “पहुचको भरमा क्वारेन्टिनबाट निकालेर लगे” शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रदेश सभा सदस्य सांसद डा. रामकुमार अधिकारीले विज्ञप्ती निकालेका छन् । सांसद अधिकारीले आफू र आफ्नो वडा नीलकण्ठ १४ धादिङसँग सम्बन्धित समाचारमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ । “भारतमा रोजगारी गर्न गएका नीलकण्ठ १४ धुवाकोटका नागरिकहरु नेपाल भारत सीमामा अलपत्र परेपछि आफ्नो पहलकदमीमा उद्धार गरेर सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको र त्यहाँ बस्ने व्यवस्थापन अत्यन्तै असहज भएको पटक पटक गुनासो आएको र नीलकण्ठ नगरपालिकासँग समन्वय गर्दा आफ्नै वडा तथा स्थानीय तहमा रहेको क्वारेन्टिनमा राख्नु भनिएपछि स्वकीय सचिव प्रदिप शाहले समन्वय गरी ७ जनालाई धुवाकोटको क्वारेन्टिनमा लगेर राखिएको हो ।” सांसद अधिकारीले यस विषयलाई लिएर अनलाइन खबर डट कमले प्रकाशित गरेको “पहुचको भरमा क्वारेन्टिनबाट निकालेर लगे” शीर्षकको समाचार तथ्यहीन, भ्रामक, कपोकल्पित र अनर्गल प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
अनलाइन खबरले जेष्ठ २८ गते प्रदेश सांसद डा. रामकुमार अधिकारीले नीलकण्ठ ३ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका धुवाकोटका ७ जनालाई राजनैतिक पहुचको आधारमा गाउँ लगिएकाले सङ्क्रमण फैलिएको भन्दै समाचार लेखेको थियो ।
प्रदेश सांसद अधिकारीद्धारा जारी विज्ञप्ती
प्रतिक्रिया दिनुहोस