धादिङ, २९ जेष्ठ
कोरोना भाइरस कोभिड १९ को संभावित महामारीबीच मुलुक ८० दिनदेखि लकडाउनमा छ । तर, लकडाउनकै अवधिमा केही व्यक्ति भने खोलामा जेसिभि नै प्रयोग गरी अवैध उत्खनन् तथा दोहनमा लागेको पाइएको छ ।
धादिङको ज्वालामुखि गाउँपालिका ३ मैदी भएर बहने छोरी गण्डकी खोलामै जेसिभि डोजर प्रयोग गरी अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको पाइएको हो ।
ज्वालामुखि ३ मैदीकै ठेक्का पट्टामा सम्लग्न जघन भट्ट लगायतका व्यक्तिहरुले उक्त खोलामा अवैध रुपमा उत्खनन् गरिरहेको स्थानीयबासीले बताएका छन् । स्थानीय निकाय र प्रशासनको अनुमति बिनै खोलामा जेसिभि मेसिन प्रयोग गरेरै खोला दोहन गरिएको भए पनि जिल्ला प्रशासन कार्यालय मौन छ । स्रोतका अनुसार भट्ट सहितको समुहले उक्त नदीजन्य सामग्री बेच विखनका लागि उत्खनन् गरी अवैध रुपमा थुपारेर राखेको छ ।
अवैध उत्खनन्मा सङ्लग्न ज्वालामुखि ३ का जघन भट्टलाई यस विषयमा प्रतिक्रिया लिँदा व्यक्तिको जग्गामा उत्खनन् गरेको बताए । उनले खोला नजिकै भएता पनि खोलाबाट नदीजन्य सामग्री उत्खनन् नगरेको ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस