धादिङ २७ जेष्ठ
कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनको रुपमा स्थापना गरिएको धादिङबेसी खुल्ला मञ्चको टेन्ट स्थानीय तह र विभिन्न संघ संस्थाहरुलाई वितरण गरिने भएको छ । करिब साढे २ महिना अगाडि खुल्ला मञ्चमा क्वारेन्टाइनको रुपमा स्थापना भएको टेन्ट प्रयोगमा नआएपछि मङ्गलबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सिएमसिको बैठकले स्थानीय तह र विभिन्न संघ संस्थालाई वितरण गर्ने निर्णण गरेको हो । कोभिड १९ लाई मध्यनजर गर्दै धादिङबेसीस्थित खुल्लामञ्चमा चैत्र १२ गते ४० वटा टेन्ट राखेर क्वारेन्टाइन निर्माण गरिएको थियो । कोरोना भाइरसका सङ्कास्पद व्यक्तिलाई राख्न जिल्ला विपद व्यवस्थापन समितिको अगुवाइमा चैत्र १२ गते नेपाली सेनाले क्वारेन्टाइन तयार गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशबाट प्राप्त उक्त टेन्टको क्वारेन्टाइन वर्षात र अन्य पूर्वाधार नभएको कारण देखाउदै स्थानीय तह र संघ संस्थालाई वितरण गर्न लागिएको हो
प्रतिक्रिया दिनुहोस