धादिङ २६ जेष्ठ
जन्मजात नै दिसाघर नभएका ज्वालामूखी गाउँपालिका वडा नं. ७ माथ्लो रामपुर बडहरेका ३ वर्षीय बालक एन्जल तामाङको उपचारार्थ सुरु गरिएको सहयोग अभियानमा सोमबार नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ गैरा स्थायी बसोबास गर्दै आउनु भएका र हाल नीलकण्ठ ४ का आनन्दी वाइबा र आशिष गुरुङले ६ हजार १ सय ५० रकम सहयोग गर्नुभएको छ । युवट्युब च्यानल टिभि बिहानी मार्फत ३ वर्षीय एन्जल तामाङको समस्या र सहयोगका लागि अपिल गरिएको भिडियो सार्वजनिक भएपछि सहयोग गर्ने क्रममा सोमबार आनन्दी वाइबा र आशिष गुरुङले सो रकम सहयोग गर्नुभएको हो । आफ्नो छोरा मिक्साङ गुरुङ ५ वर्ष पुगेर ६ वर्ष लागेको अवसर पारी सो सहयोग रकम समाजसेवी एन्जल तामाङको उपचारार्थ सुरु गरिएको सहयोग अभियानका संयोजक दिनेश तामाङलाई हस्तान्तरण गर्नुभएको हो ।
जन्मोत्सवमा केक काटेर पार्टी भोज गर्नुभन्दा एउटा जटिल समस्याबाट गुज्रिरहेको बालकको उपचारमा सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको आनन्दी वाइबाले बताउनु भयो । साथै सबै समाजसेवी मनहरुले आफूले सकेको सहयोग गरी जन्मजात जटिल समस्याबाट ग्रजिरहेका बालक एन्जल तामाङको उपचार गर्नका लागि अनुरोध समेत गर्नुभयो । ज्वालामूखी गाउँपालिका वडा नं. ७ माथ्लो रामपुर बडहरेका ३ वर्षीय एन्जल तामाङको जन्मजात नै दिसाघर नभएपछि हाल पेट चिरेर आन्द्रा बाहिर निकालेर दिसा गराउने गरिएको छ । निम्न परिवारका तामाङको उपचारमा हालसम्म करिब ५ लाख पैसा खर्च गरिसकेता पनि पूर्ण रुपमा निको हुनका लागि अझै ३ लाख जस्तो लाग्ने बाबु मिलन तामाङ बताउनु हुन्छ । एन्जल तामाङको उपचारका लागि कान्ति बाल अस्पताल र पाटन अस्पतालमा कुरा भैरहेको समाजसेवी दिनेश तामाङले बताउनु भयो ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस