धादिङ २५ जेष्ठ
सुमन अधिकारी
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटमा भारतबाट फर्किएका ५६ जनाको आरडिटी अर्थात दु्रत परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानहरुमा काम गरी नेपाल फर्किएका ५६ जनाको आरडिटी परीक्षण गर्दा १७ बर्षीय एक पुरुषको रिपार्ट पोजेटिभ देखिएको हो । प्रदेश सांसद डा.रामकुमार अधिकारीको पहल तथा बागमती प्रदेश सरकारको सहयोग, नीलकण्ठ नगरपालिका धादिङको समन्वय, वडा अध्यक्ष फन्द्रा तामाङ र रेडक्रसकर्मी सोम्बोले तामाङको सक्रियतामा धुवाँकोटका ५६ जनाको आरडिटी परीक्षण गरिएको थियो । भारतबाट नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोट स्थित नामरुङ आधारभुत विद्यालयमा पुरुष १२, महिला ३, गौरीशंकर आधाभुत विद्यालयमा पुरुष १३, महिला १, जनकल्याण आधारभुत विद्यालयमा पुरुष ४ महिला २, वायडाँडा भदौरेको होम क्वारेन्टाइनमा पुरुष १३, महिला ८ गरी कुल ५६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस