धादिङ २५ जेष्ठ
धादिङ जिल्लामा २ हजार ३ सय ५६ जनाको र्यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । रोजगारीको शिलशिलामा भारत दुवै, जापान, कतार लगायत अन्य मुलुकबाट नेपाल आएका नागरिकहरुको स्वास्थ्य परीक्षण अन्तर्गत आरडिटी किटमार्फत र्यापिड टेस्ट गरिएको हो । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयबाट धादिङ जिल्लाको लागि प्राप्त भएको २२ सय र अन्य पालिकाबाट गरी २४ सय वटा ¥यापिड टेस्ट किटमध्ये १३ वटै स्थानीय तहहरुमा परीक्षण गराइएको स्वास्थ्य कार्यालय धादिङका माहांमारी सम्पर्क व्यक्ति दिपक अछामीले बताउनु भयो ।
स्वास्थ्य कार्यालय धादिङले दिएको आइतबारसम्मको तथ्याङ्क अनुसार धुनीबेसी नगरपालिकामा ९४, गजुरी गाउँपालिकामा २०३, गल्छी गाउँपालिकामा १६८, बेनिघाट रोराङ गाउँपालिकामा १०४, नेत्रावती डबजोङ गाउँपालिकामा १३१, त्रिपुरासुन्दरी गाउपालिकामा १७८, गङगाजमुना गाउँपालिकामा १२५, सिद्धलेक गाउँपालिकामा ८१, थाक्र्रे गाउँपालिकामा १२०, खनियाँबास गाउँपालिकामा ७६ , ज्वालामुखी गाउँपालिकामा १८२, नीलकण्ठ नगरपालिकामा ५१४, रुवीभ्याली गाउँपालिकामा २३, धादिङ अस्पतालमा ८६, र स्वास्थ्य कार्यालय धादिङमा २७१ जना गरी कुल २३ सय ५६ जनाको परीक्षण गरिएको अछामीले जानकारी दिनुभयो ।
यसै गरी २ हजार ३ सय ५६ जनाको ¥यापिड टेस्ट गर्दा ११६ जनाको कोरोना पोजेटिभ देखिएको छ । जसमा धुनिबेसी नगरपालिकामा २, नीलकण्ठ नगरपालिकामा ३८, गल्छी गाउँपालिकामा २८, गजुरी गाउँपालिकामा ७, ज्वालामुखी गाउँपालिकामा २, त्रिपुरासुन्दरी गाउँपालिकामा १८, नेत्रवाती डबजोङ गाउँपालिकामा ६, खनियाँबास गाउँपालिकामा १, सिद्धलेक गाउँपालिकामा १, धादिङ अस्पतालमा ७, स्वास्थ्य कार्यालय धादिङमा ६ जना गरी कुल १ सय १६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । अछामीका अनुसार धादिङ जिल्लामा सङ्क्रमितहरुको सङ्ख्या बढेसँगै बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय, हेटौँडामा १ हजार किट माग गरेको बताउनुभयो ।
हालसम्म धादिङ जिल्लामा कोरोना पुष्टी हुनेको सङ्ख्या ६ पुगेको छ जसमध्य ३ जना निको भएर घर फर्किएका छन् बाकी ३ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस