धादिङ २३ जेष्ठ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा सङ्गठन कमिटी नीलकण्ठ नगरपालिका ७ ले वडा अध्यक्ष गौतमहरि अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार वडा सचिव अमित घिमिरे मार्फत ज्ञापन पत्र बुझाइएको हो । आगामी आर्थिक वर्षमा वडा भित्र समाबेश गर्नुपर्ने विभिन्न योजनाहरु समेटर वडा र नगर परिषदमा समावेश गर्नका लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाइएको नेकपा नीलकण्ठ नगरपालिका वडा नं. ७ का अध्यक्ष सीताराम पोखरेलले बताउनु भयो । ज्ञापनपत्रमा वडा नम्बर ७ का १५० भन्दा वढी योजनाहरूलाई समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस