धादिङ २३ जेष्ठ
कक्षा ९ देखि १२ सम्म बाली विज्ञान(कृषि) विषय पठन पाठन गर्दै आएको चन्द्रोदय माध्यमिक विद्यालय बेनिघाट रोराङ गाउँपालिका विशालटार धादिङले कक्षा ९ मा बाली विज्ञान(कृषि) विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुको फोन मार्फत नामावली सङ्कलन गर्न लागेको छ । विश्वभर महांमारीको रुपमा फैलिदै गएको कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै जादा विद्यालयको भर्ना प्रकृया तथा पठन पाठनमा प्रत्येक्ष असर गरेकाले कक्षा ९ मा बाली विज्ञान अध्ययन गर्ने अभिभावकहरुलाई फोन मार्फत आफ्ना नानीबाबुहरुको नाम टिपाउन विद्यालयले अनुरोध गरेको शिक्षक मिश्र शाक्यले बताउनु भयो । नेपालको शिक्षा प्रणालीमा प्राबिधिक शिक्षाको आवश्यकता र अहिलेको अवस्थामा कृषि क्षेत्रको विकासमा कृषि प्राबिधिकको महत्त्वपूर्ण भूमिका हुने भएकाले चन्द्रोदय माध्यमिक विद्यालयले प्राबिधिक धारतर्फ बाली विज्ञान विषय अध्यापन गराउदै आएको छ । बाली विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले ९८४१३३८७८४, ९८१६२००६०३ र ९८५१०८२७१० मा सम्पर्क गर्नको लागि विद्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस