धादिङ जेष्ठ २२
शान्ति नेपाल धादिङले सिद्धलेक र ज्वालामूखी गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा बस्ने १ सय ४३ जना व्यक्तिहरुलाई स्वच्छताको सामग्री प्रदान गरेको हो । विभिन्न क्वारेन्टिनमा बस्दै आएका सिद्धलेक गाउँपालिकाका ७७ र ज्वालामूखी गाउँपालिकाका ६६ गरी जम्मा १४३ जना व्यक्तिहरुलाई स्वच्छता सामग्री हस्तान्तरण गरिएको शान्ति नेपाल धादिङका कार्यकारी प्रमुख इन्द्रमान शाक्यले जानकारी दिनुभयो । यस्तै सिद्धलेक गाउँपालिकाको ३ वटा र ज्वालामुखि गाउँपालिकाको २ वटा क्वारेिन्टन व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरु समेत शान्ति नेपालले मङ्गलबार र बिहिबार २ चरणमा हस्तान्तरण गरेको शाक्यले बताउनु भयो । क्वारेन्टिनमा रहनेहरुको व्यक्तिगत सरसफाइका लागि आवश्यक पर्ने हाइजिन किट र गाउँपालिकालाई क्वारेन्टिनको आधारभूत व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस