धादिङ जेष्ठ २२
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को गोलाङबस्तीमा बिहिबार खानेपानी उपभोक्ता समितिको गठन भएको छ । गोलाङ बस्तीमा भएको खानेपानी समस्यालाई समाधान गर्ने उद्देश्यका साथ चिनबहादुर सडौलाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको हो । जसको उपाध्यक्षमा शेखर पाण्डे, सचिवमा सन्तोष थपलिया, कोषाध्यक्षमा सिर्जना थपलिया रहनु भएको छ । खानेपानी उपभोक्ता समिति गठनका क्रममा केही व्यक्तिहरुले बिबाद गरे पनि स्थानीयको माग र चाहना अनुसार उपभोक्ता समिति गठन गरेको सहकर्मी मित्र कुमार विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस