धादिङ जेष्ठ २२
धादिङको नीलकण्ठ नगरपालिकामा भारतबाट फर्किएका २ सय ४३ जनाको आरडिटी अर्थात दु्रत परीक्षण गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकाले बिहिबार रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानहरुमा काम गरी नेपाल फर्किएका २ सय ४३ जनाको आरडिटी परीक्षण गरेको हो । जसमा ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाइनमा २२ जना, धुवाँकोटमा ६३ जना, नीलकण्ठ बहुमुखी क्याम्पस र स्कुलमा गरी २४१ जना, बालमन्दिर माध्यमिक विद्यालय नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को क्यारेन्टाइनमा ३९ जना, धुसेनी आधारभूत विद्यालय वडा नम्बर १ मा ३ जना गरी कुल ३७० जना रहेका छन् । आरडिटि रिपोर्ट पोजेटिभ आउनेहरुको स्वाब परीक्षणको लागि शुक्रबार स्वाब सङ्कलन गरेर हेटौडा पठाउने तयारी भईरहेको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । नीलकण्ठ नगरपालिका धादिङले करिब ५०० वटा आरडिटि किट आफैले ल्याई भारतबाट आएका नागरिकहरुको आरडिटी परीक्षण सुरु गरिएको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस