धादिङ जेष्ठ २२
आदर्श बहुमुखी क्याम्पस गजुरीको प्रमुखमा विष्णु प्रसाद कोइराला चयन भएका छन् । बिहिबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले कोइरालालाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रदेश सांसद एवं क्याम्पस सञ्जालक समिति अध्यक्ष राजेन्द्र पाण्डे र गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको उपस्थितिमा बसेको क्याम्पस सञ्चालक समितिले कोइरालालाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरीमा रहेको एक मात्र बहुमुखी क्याम्पस वि.स. २०६३ सालबाट सामुदायिक क्याम्पसको रुपमा स्थापना भएको थियो । सुविधा सम्पन्न भएको यस क्याम्पसमा अहिले बिबिएस, बि एड तथा र एम एड तहमा पढाई हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस