धादिङ २० जेष्ठ
धादिङको सिद्धलेक गाउँपालिका–५ कुम्पुरकी २३ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले ती महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको जानकारी दिएका छन् । गर्भवती ती महिला प्रशुतिको लागि जेष्ठ १४ गते धादिङको कुम्पुरबाट काठमाडौँ गएकी थिइन् । योसँगै धादिङमा कोरोना भाइरस(कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ४ पुगेको छ । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाका १ जना पुरुष, गल्छी गाउँपालिकाकी १ जना महिला र थाक्रे गाउँपालिकाकी १ जना महिलामा सङ्क्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएका तिनै जना उपचार गरेर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस