धादिङ २० जेष्ठ
सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरा सुन्दरी गाउँपालिका धादिङलाई कोरोना भाइरस(कोभिड १९) परीक्षणका लागि आवश्यक पर्ने स्वाव सङ्कलन बुथ हस्तान्तरण गरिएको छ । समाजसेवी तथा सामाजिक अभियन्ता दिनेश तामाङको पहलमा डा. महावीर पुन नेतृत्वका राष्ट्रिय आविस्कार केन्द्रले उक्त बुथ उपलब्ध गराएको हो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जादा सुरक्षित रुपमा स्वाब सङ्कलनका लागि सो बुथले महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ । मङ्गलबार सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष सम्भु कुमार थापाको विशेष उपस्थितिमा समाजसेवी दिनेश तामाङले सो बुथ हस्तान्तरण गर्नुभएको हो । डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण गरिएको उक्त बुथले कोरोना भाइरसको जोखिममा रहेको त्रिपुरा सुन्दरी गाउँपालिकाका नागरिकहरुको स्वाव सङ्कलनका लागि महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस