धादिङ २० जेष्ठ
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय धादिङमा बिमा गराएका धादिङको ससाह ज्यामिरे दुर्घटनाका मृतक स्वर्गीय प्रेम बहादुर गुरुङको परिवारले सोमबार एकमुष्ठ ६ लाख ७३ हजार ८ सय रुपैया हस्तान्तरण गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुलेका स्वर्गीय प्रेम बहादुर गुरुङको २०७६ माघ ७ गते ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोला मण्डली माईको दर्शन गरी फर्कने क्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मुरली भञ्ज्याङ ससाह ज्यामिरेमा आइचर दुर्घटनामा परी मृत्यु भएको थियो ।
रु. ३ लाखको बिमा गराएका गुरुङको मृत्युप्रति कम्पनीले गहिरो दुःख व्यक्त गर्दै निजको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै मृतककी आमा पातली गुरुङ, श्रीमती सविना गुरुङ र छोरी आकांक्षा गुरुङको उपस्थितिमा बिमा रकम रू ३ लाख, दुर्घटना वापतको रकम रू ३ लाख र बोनस रकम रू ७३ हजार ८ सय गरी कुल ६ लाख ७३ हजार ८ सय रुपैयाँ चेक मार्फत हस्तान्तरण गरिएको उपशाखा प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । स्वर्गीय प्रेम बहादुर गुरुङले २०७१ फाल्गुन २९ गते रु ३ लाख बराबरको जीवन बिमा गर्नु भएको थियो । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उपशाखा कार्यालय धादिङले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको अवस्थामा पनि बिमितहरूमा आईपरेको समस्यालाई आत्मसात गरी नेपाल सरकारको नियमलाई पालना गर्दै आफ्नो काम निरन्तर रुपमा अगाडि बढाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस