धादिङ १९ जेष्ठ
ज्वालामूखी गाउँपालिका वडा नं. ७ का ६६ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बेलायतमा बसोबास गर्दै आउनु भएका चितवन स्थायी घर भएका विष्णु खरेलले आफ्नो जन्मोत्सवको अवसरमा करिब डेढ लाख बराबरको खाद्यान्न सहयोग गर्नुभएको हो । बेलायतमै बस्दै आउनुभएको ज्वालामूखी ७ चैनपुरकै राजन खकुरालको संयोजनमा सो रकम बराबरको खाद्यान्न विपन्न तथा मजदुर परिवारलाई सोमबार एक कार्यक्रमका बीच वितरण गरिएको हो । विश्वभर महांमारीको रुपमा फैलिदै गएको कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न तथा निम्न आयस्रोत भएका नागरिकहरुलाई समाजसेवी दिनेश तामाङ, प्रताप कंडेल लगायतले समन्वय गरेर उक्त खाद्यान्न वितरण गरिएको हो । सोही अवसरमा बेलायतमा बसोबास गर्दै आउनुभएका विष्णु खरेलले आफ्नी छोरीको जन्मोत्सवको अवसर पारेर रु. ५० हजार रकम विद्यार्थीहरुलाई शैक्षिक सामग्री खरिदका लागि सहयोग गर्नुभएको हो । जेहेन्दार तथा विपन्न २५ जना विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस