धादिङ १९ जेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भारतबाट फर्किएका १२ जनाको आरडिटी अर्थात दु्रत परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । गाउँपालिकाले सोमबार रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानहरुमा काम गरी नेपाल फर्किएका २४ जनाको आरडिटी परीक्षण गर्दा १२ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ र ८ जनाको परीक्षण गर्दा ३ जना र वडा नम्बर ४ को कार्की गाउँ माध्यमिक विद्यालयमा १७ जनाको परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले जानकारी दिनु भयो । आरडिटीको रिपोर्ट पोजेटिभ आउनेहरुको स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं पठाउने तयारी भईरहेको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकाले कार्की गाउँ माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा १७ जना राखेको छ भने सुन्दरी माध्यामिक विद्यालय आगिन्चोकमा १२ जना, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना, सिउरेनी क्वारेन्टाइनमा ५ जना, अचने माध्यमिक विद्यालयमा २ जना र महेन्द्रोदय माध्यमिक विद्यालय मुलपानीमा ३ जना गरी ५० जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस