धादिङ बैशाख ३०
त्रिपुरा सुन्दरी गाउँ पालिकाले महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइतबारबाट सुरु गरेको निःशुल्क महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सोमबार आगिञ्चोक स्वास्थ्य चौकीमा सम्पन्न भएको हो । त्रिपुरा सुन्दरी गाउँ पालिका स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ्य परीक्षण कार्यक्रम सोमबार ६६ जना महिलाहरुले पाठेघरको मुखको परीक्षण गराएका थिए । जसमा ४ जनामा क्यान्सरको लक्षण देखिएको गाउँ पालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउँनु भयो । गाउँपालिकाका नागरिकलाई पूर्ण स्वास्थ्यको प्रत्याभूति गराउने उद्देश्यका साथ अभियानकै रुपमा विभिन्न खाले स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । आइतबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममध्ये ३१ गते मङ्गलबार सल्यानकोट स्वास्थ्य चौकी र १ गते बुधबार मूलपानी स्वास्थ्य चौकीमा निःशुल्क महिलाहरुको पाठेघरको मूखको परीक्षण शिविर सञ्चालन हुने श्रेष्ठले बताउँनु भयो । ६ नं. वडा अध्यक्ष लेख बहादुर अधिकारीको अध्यक्षताा भएको शिविर उद्घाटन कार्यक्रममा गाउँ पालिका अध्यक्ष सम्भु कुमार थापा, उपाध्यक्ष देवी कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदी, २ नं. वडा अध्यक्ष कृष्ण बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा अतिथिहरुले गाउँ गाउँमा स्वास्थ्य समस्या समाधान गर्नतर्फ गाउँ पालिका गम्भीर भएको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस