धादिङ १८ जेष्ठ
रुकुम चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग गदै संयुक्त जातीय समाज धादिङले आइतबार संयुक्त प्रेस विज्ञप्ती निकालेको छ । अन्तरजातीय बिबाहको विषयलाई लिएर जाजरकोटका नवराज विक सहित ५ जना युवाहरुको हत्याकाण्डको बिरोध गर्दै उचित छानबिन गरी हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै संयुक्त प्रेस विज्ञप्ती निकालिएको हो । आइतबार तामाङ एकता समाज धादिङ, घले समाज धादिङ, मगर समाज धादिङ, नेवा समाज धादिङ, दलित समाज धादिङ, र इसाई एकता समाज धादिङको संयुक्त रुपमा विज्ञप्ती निकालेका हुन् । विज्ञप्तीमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट स्थापित गणतन्त्र नेपालको संविधान २०७२ ले अपहेलना र नेपालमा छुवाछुत अन्त्यको घोषणा गरेता पनि समाजलाई तिरस्कार गरी रुकुम जनयुद्ध थलोमा भएको जातीय विभेदको घटनाको घोर र्भत्सना गर्दै पीडितलाई न्याय र दोषीलाई कडा भन्दा कडा सजाय र मृतकलाई शहिदको घोषणा गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको छ । साथै घटनाको निस्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाही नगरे थप आन्दोनलका कार्यक्रमहरु सार्वजनिक गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस