धादिङ १८ जेष्ठ
धादिङका मृगौला पीडित रामकृष्ण रिजाललाई सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । न्युजिल्यान्डमा बसोबास गर्दै आएका नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थायी घर भएका अर्जुन लम्सालको सक्रियतामा ७१ हजार ३ सय ३८ नेपाली रुपैया सहयोग जुटेको हो । उक्त रकम समाजसेवी नारायण कुमार श्रेष्ठले पीडित रिजाललाई शनिबार हस्तान्तरण गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ९ पाल्पा भन्ज्याङ स्थायी घर भएका रामकृष्ण रिजाल विगत ५ वर्षदेखि दुबै मृगौला फेल भएर उपचार गराइरहेका छन् । हाल विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण नियमित उपचारका लागि काठमाडौँ जान समस्या भएपछि काठमाडौँमै डेरा गरी बसेका छन् । उपचारका क्रममा हालसम्म करिब २५ लाख रकम खर्च भएको पारिवारिक स्रोतको भनाइ रहेको छ । धेरै रकम उपचारमा खर्च भएपछि आर्थिक अभावले गर्दा हाल उपचारमा समस्या देखिएकाले रिजालको परिवारले आर्थिक सहयोगका लागि सहयोगी मनहरुलाई आग्रह गरेको थियो । सहयोग जुट्ने क्रममा यसअघि पनि अमेरिकामा कर्मथलो बनाएर बस्नुभएको नीलकण्ठ नगरपालिका वडा नं. ९ स्थायी घर भएका गणेश लम्सालको सक्रियतामा नेपाली रुपैया २ लाख ४५ हजार १ सय २५ सहयोग हस्तान्तरण भैसकेको छ ।
मृगौला फेर्नका लागि करिब २० देखि २५ लाखसम्म लाग्ने भएकाले सहयोगी मनहरुलाई सहयोग गर्न मृगौला पीडित रिजाले आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहनेहरुलाई रामकृष्ण रिजालको नाममा मुक्तिनाथ विकास बैंकको खाता नम्बर ०२७२०१०००८४३१६०००००१ मा सहयोग गर्न आग्रह गरेका छन् । यस्तै मोबाइल नम्बर ९८४१९७९२०७ र ९८६०६८३१३१ सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ । निज मृगौला पीडित रामकृष्ण रिजालले हप्ताको २ पटक नेशनल किड्नी सेन्टर शिद्धार्थ बनस्थली काठमाडौँमा डाइलोसिस गर्दै आउनु भएको छ । उक्त सेन्टरमा पीडित रिजालसहित धादिङ जिल्लाका ४२ जनाले मृगौलाको डाइलोसिस गराइरहेका छन् । धादिङ जिल्लाभित्र रहेका मृगौला पीडित थालेसिमिया, क्यान्सर जस्ता गम्भीर प्रकृतिका बिरामीहरुलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले स्थानीय तहसँगको समन्वयमा सहज र सरल रुपमा निःशुल्क रगत उपलब्ध गराउने पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै धादिङ जिल्लाबाट सञ्चालित ग्रामीण यातायात सहकारी संस्था, धादिङ मण्डली यातायात, ग्रामीण यातायात प्रालि र माइक्रो यातायात व्यवसायीहरुले निःशुल्क धादिङ काठमाडौँ आउने जाने सुबिधा प्रदान गर्दै आएका छन् ।
न्युजिल्यान्डबाट सहयोग गर्ने सहयोगीहरुको नामावली निम्न लिखित छ ।
१. राम तामाङ, धादिङ, न्युजिल्यान्ड डलर १५१।–
२. रामराज ओली, चितवन पर्सा, न्युजिल्यान्ड डलर १११।–
३. अर्जुन लम्साल, नीलकण्ठ–८, धादिङ न्युजिल्यान्ड डलर १०१।–
४. लीला डिम्दोङ तामाङ, सत्यदेवी धादिङ, न्युजिल्यान्ड डलर ६५।–
५. मनिष गुरुङ, लमजुङ, न्युजिल्यान्ड डलर ५५।–
६. रणबिर शर्मा, मोरङ, न्युजिल्यान्ड डलर ५५।–
७. टिकाराम राई, मध्यदुधकोशी, सोलुखुम्बू, न्युजिल्यान्ड डलर ५५।–
८. सूर्य बोहोरा, चितवन पर्सा, न्युजिल्यान्ड डलर ५३।–
९. बाल कुमार गोले सामाखुसी, काठमाडा,ैं न्युजिल्यान्ड डलर ५१।–
१०. नारायण बहादुर खत्री, गल्कोट, नेपाल, न्युजिल्यान्ड डलर ५१।–
११. प्रदिप रुपाखेती, धादिङ, न्युजिल्यान्ड डलर नेपाल ५१।–
१२. निङ्बर्र िघसिङ, दोरम्भा, रामेछाप, न्युजिल्यान्ड डलर ५०।–
१३. मिलन जिसी, स्याङ्जा, न्युजिल्यान्ड डलर ४०।–
१४. बिरु गुरुङ, गोर्खा, न्युजिल्यान्ड डलर ३१।–
१५. टिकाराम गिरी, दोलखा, न्युजिल्यान्ड डलर ३०।–
१६. बन्दन गुरुङ, तनहूँ, न्युजिल्यान्ड डलर ३०।–
१७. सम्भु थापा, गोर्खा, न्युजिल्यान्ड डलर २५।–
१८. प्रकाश तिवारी, पोखरा, न्युजिल्यान्ड डलर २०।–
जम्मा न्युजिल्यान्ड डलर १०२५।–
प्रतिक्रिया दिनुहोस