धादिङ १६ जेष्ठ
रुकुम चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग गदै संयुक्त दलित संघर्ष समिति धादिङले शुक्रबार धादिङबेसीमा विरोध प्रर्दशन गरेको छ । अन्तरजातीय बिबाहको विषयमा लिएर भएको जाजरकोटका नवराज विक सहित ५ जना युवाहरुको हत्या भएको विषयलाई लिएर उक्त हत्याकाण्डको उचित छानबिन गरी हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै धादिङमा पनि बिरोध प्रर्दशन गरिएको हो । संयुक्त दलित संघर्ष समितिको अगुवाइमा भएको बिरोध ¥यालीमा करिब सय जना भन्दा बढीको सहभागिता रहेको थियो । पुछारबजारबाट सुरु भएको उक्त ¥याली बिच बजार हुँदै सिरान बजार पुगेर पुनः बिचबजारमा आइ कोण सभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा हत्यारालाई फासी दे, जातीय छुवाछुत अन्त्य गर लगायतका नारा लगाइएको थियो । अन्तरजातीय प्रेममा रहेका जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ राना गाउँ निवासी २१ वर्षीय नवराज विक सहित अन्य ५ जना युवाहरुलाई रुकुम पश्चिममा प्रेमिकालाई बिबाह गर्न जादा सोही ठाउँका स्थानीयहरुले हत्या गरेर भेरी नदीमा फालेको पीडित पक्षको आरोप रहेको छ । भेरी नदीमा बेपत्ता भएका ५ जनाको शब भेटिइसकेको छ भने १ जना अझैँ बेपत्ता रहेका छन् । सोही घटनाको विषयमा चरणबद्ध आन्दोलनमा उत्रिएको दलित संघर्ष समिति धादिङले आइबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको दलित अगुवा दिपक विश्वकर्माले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस