धादिङ १६ जेष्ठ
यही जेष्ठ १ गते काठमाडौँ सोह्रखुट्टेबाट सम्पर्क बिहिन भएका गङ्गाजमुना गाउँपालिका वडा नं. ४ रातमाटेका देब बहादुर थापा हालसम्म पनि सम्पर्कमा आएका छैनन् । मानसिक सन्तुलन गुमाएका उनी उपचारको लागि आफ्ना बाबुसँगै काठमाडौँ गएका थिए । वर्ष २८ का थापालाई उपचार गर्नका लागि उनका बाबु ६० वर्षीय डिल बहादुर थापा जेष्ठ १ गते काठमाडौँ पुगेका थिए । रोगी छोरालाई उपचार गर्न एम्बुलेन्सबाट बैशाख ३० गते काठमाडौँ पुगेका उनीहरु काठमाडौं स्थित माछा पोखरीको गुम्दी होटलमा बास बसेका थिए । जेष्ठ १ गते बिहान उपचारको लागि जाँदै गर्दा सोह्रखुट्टेबाट छोरा देव बहादुर थापा मगर हराएपछि डिल बहादुर थापा मगरले दिनभर खोज्दा नभेटिएपछि पुन उनी त्यही होटलमा फर्किएर बास बसे थिए । होटल स्रोतका अनुसार जेष्ठ २ गते पुन छोराको खोजीका लागि हिडेका उनका बाबुसमेत सम्र्पक बिहिन भएका थिए । केही दिन अगाडि बाबु डिल बहादुर थापा सम्पर्कमा आएता पनि छोरा देब बहादुर थापा हालसम्म फेला नपरेको ठाकुर गुरुङले बताउनु भयो । अग्लो कद, गहुगोरो वर्ण, सेतो सर्ट, स्टकोट लगाएका देब बहादुर थापामगर जेष्ठ १ गतेदेखि काठमाडौ सोह्रखुट्टे र माछापोखरी आसपासबाट हराएकाले देख्नु हुने जो कोहीले पनि सम्पर्क गरि दिन गुरुङले आग्रह गरेका छन् । फेला पार्नुहुने महानुभावहरुले नजिकको प्रहरी वा ९८५११७०९७५ मा खवर गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस