धादिङ १४ जेष्ठ
धादिङ अस्पतालमा कार्यरत ७ जना कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ ८ गते अस्पतालमा कार्यरत ७९ जना कर्मचारीहरुको आरडिटि परीक्षण गर्दा २५, २६, ४१,४३, ५५, बर्षका पुरुष र २४, २६ बर्षकी महिला सहित ७ जना कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । आरडिटि पोजेटिभ देखिएका सातै जनाको पिसिआर परीक्षणका स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । ७ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ देखिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । ७ जना कर्मचारीहरुको आरडिटि रिपोर्ट पोजेटिभ देखिएसँगै बन्द भएको ओपिडि लगाएत सम्पूर्ण सेवाहरु बिहिबारबाट पुनः सुचारु हुने समेत सूचना अधिकारी विकले जानकारी दिनुभयो । अस्पतालकै कर्मचारीमा आरडिटि परीक्षण गर्दा पोजेटिभ देखिएपछि सेवाग्राहीहरु त्रसित बनेका थिए । अब भयभित नहुन र कोरोना सङ्क्रमणबाट बच्नका लागि उच्च साबधानी अपनाउन समेत अस्पताल स्रोतले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस