धादिङ १४ जेष्ठ
नेपाल भारत सीमामा अलपत्र परेका धादिङ जिल्लाका ४४ जना नागरिकहरु बुधबार धादिङ आइपुगेका छन् । भारतीय सीमा सुनौली नाका हुदँै धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. १४ का २८ जना, नेत्रावती डबजोङ गाउँपालिकाका १० जना, बेनिघाट रोराङ गाउँपालिकाका १ जना र तारकेश्वर गाउँपालिका नुवाकोटका ५ जना नागरिकहरु धादिङबेसी आइपुगेका हुन् । रोजगारीको शिलशिलामा भारतका विभिन्न स्थानमा रहेका नेपालीहरु कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम गर्न भारत सरकारले गरेका लकडाउनका कारण समस्या भएपछि सुनौली नाका हुदै रुपन्देही जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका थिए । तर कतिपय क्वारेन्टाइनमा नबसेको र कोरोना परीक्षण समेत नगरी आएकाले धादिङ जिल्लाका नागरिकहरुमा कोरोनाको थप सन्त्रास थपिएको छ ।
प्रतिक्रिया दिनुहोस