धादिङ १३
राहत वितरण कार्यमा वडा कार्यालयले अनियमितता गरेको भन्दै नेपाली काँग्रेस सिद्धालेकले धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ७ स्थित वडा कार्यालयमा मङ्गलबार ताला लगाएको हो । कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनसँगै खाद्यान्न अभाव भएको समयमा वडा अध्यक्षले मनोमानी रुपमा खाद्यान्य वितरण गरेको भन्दै काङग्रेसले वडा कार्यालयमा ताला लगाएको हो । राहत वितरण कार्यमा सिद्धालेक गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लक्षमण खतिवडाले पूर्वाग्रही रुपमा राहत वितरण गरिएकाले आफूहरुले बाध्य भएर ताला लगाएको नेपाली काँग्रेस सिद्धालेक गाउँपालिका वडा नम्बर ७ का सभापति एकराज खतिवडाले जानाकारी दिनुभयो । वडा अध्यक्ष खतिवडाले मापदण्डको बेवास्ता गरी मनोमानी तरिकाले आफ्ना मानिसहरु मात्र पर्नेगरी ५० घरधुरीलाई राहत वितरण गरेको, संघीय सरकारको राहत वितरण मापदण्ड अनुसार वितरण नगरेकाकाले बाध्य भएर वडा कार्यालयमा ताला लगाउन परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्षसहितको सर्वदलीय बैठक बसेपछि मात्र ताला खोलिने नेपाली काङ्ग्रेस शिद्धालेक गाउँपालिकाका सह-सभापति रामशरण गिरीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस