धादिङ बैशाख २९
त्रिपुरा सुन्दरी गाउँ पालिकाले महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइतबारबाट निःशुल्क महिलाहरुको पाठेघरको मुखको क्यान्सर ख्क्ष्ब् त्भ्क्त् परीक्षण कार्यक्रम सुरु गरेको छ । त्रिपुरा सुन्दरी गाउँ पालिका स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ्य परीक्षण कार्यक्रम आइतबार त्रिपुरेश्वर स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । ३१ जना महिलाहरुको पाठेघरको मुखको परीक्षण गरिएकोमा ३ जनामा क्यान्सरको लक्षण देखिएको गाउँ पालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउँनु भयो । गाउँपालिकाका नागरिकलाई पूर्ण स्वास्थ्यको प्रत्याभूति गराउने उद्देश्यका साथ अभियानकै रुपमा विभिन्न खाले स्वास्थ्य शिवर आयोजना गर्दै आएको छ । आइतबारबाट सुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम ४ दिनसम्म चल्ने छ । जसमा ३० गते सोमबार आगिञ्चोक स्वास्थ्य चौकी, ३१ गते मङ्गलबार सल्यानकोट स्वास्थ्य चौकी र १ गते बुधबार मूलपानी स्वास्थ्य चौकीमा निःशुल्क महिलाहरुको पाठेघरको मूखको परीक्षण शिविर सञ्चालन हुने श्रेष्ठले बताउँनु भयो । गाउँ पालिकाकी उपाध्यक्ष देवी कुमारी पाण्डे र वडा नं. ७ का वडा अध्यक्ष देवराज धरेलले शिविरको अनुगमन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस